एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यसअघि खेलेका तीनवटै खेलमा जित हात पारेको छ। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
यता, हङकङ चाइनाले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। उसले साउदी अरेबिया र मलेसियालाई पराजित गरेको थियो भने बहराइनसँग पराजित भएको थियो। त्यसैले सेमिफाइनलमा पुग्न हङकङ चाइनाका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली मलेसिया पठाएको छ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस