एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता कायमै
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा नेपाली खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जित्दै नेपालको पदक तालिकामा खाता खोलेका हुन्।
पाँचौँ दिनको खेल सकिँदा चीनले पदक तालिकामा आफ्नो अग्रता थप फराकिलो बनाएको छ। चीनले हालसम्म ४८ स्वर्ण, २० रजत र १० कांस्य गरी कुल ७८ पदक जितेको छ।
घरेलु टोली जापान १५ स्वर्ण, २५ रजत र २७ कांस्यसहित ६७ पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया आठ स्वर्ण, आठ रजत र २५ कांस्य गरी ४१ पदकसहित तेस्रो स्थानमा रहेको छ।
काजकिस्तान सात स्वर्ण, चार रजत र आठ कांस्यसहित १९ पदक जितेर चौथो स्थानमा छ। त्यस्तै, थाइल्यान्ड पाँच स्वर्ण, तीन रजत र चार कांस्यसहित १२ पदकका साथ पाँचौँ स्थानमा रहेको छ।
नेपालले भने तेन्जिङ शेर्पाको कांस्य पदकसँगै प्रतियोगितामा आफ्नो पदकको खाता खोलेको हो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस