एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज (सोमबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।
नेपाल सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिएका थिए। ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। ओमानका लागि समिर ओथामनले २ विकेट लिए।
यसअघि ब्याटिङ गरेको ओमानका कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए। जुबिर अली अकबरले २२ तथा अब्दुल्जाली खानले १६ रन जोडे पनि टोलीलाई ठूलो स्कोरतर्फ डोर्याउन सकेनन्।
उत्कृष्ट लयमा रहेको नेपाल आज हङकङलाई पराजित गर्दै उपाधिसहित एसियन गेम्समा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस