Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारएसबिआई बैंक लुटपाट घटनामा चार जना पक्राउ, एक करोड ८० लाख बरामद

    एसबिआई बैंक लुटपाट घटनामा चार जना पक्राउ, एक करोड ८० लाख बरामद


    काठमाडौं ।  सिन्धुलीको घ्याङलेखमा बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको थियो । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो ।

    लुटपाटमा संलग् ४ जनालाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।‘लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार पाँचसय रुपैयाँ नगद हामीले जंगलमा फालेको अवस्थामा बरामद गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले भने ।
    चार–पाँच जनाको संख्यामा रहेका लुटेराले रातको समयमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेर घाइते बनाएर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका हुन्।लुटेराले खुकुरी प्रहार गर्दा सुरक्षागार्ड रुद्र कार्की घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।लुटेराहरूले काभ्रेको बनेपाबाट रिजर्भ गरेर लगेको बीएड–०३९८ नम्बरको टाढा सुमो गाडीसहित त्यसका चालक भवत सिंह थापालाई नियन्त्रणमा लिएको छ।

    ‘लुटेराले रिजर्भ गरेर लगेको गाडी र त्यसका चालक बनेपा–१० घर भएका भवत सिंह थापालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी सुवेदीले भने, ‘लुटेराहरूको खोज तलाससहित थप अनुसन्धान जारी छ।’पक्राउ परेका गाडी चालक थापाले आफूले लुटेराहरुलाई नचिनेको दाबी गरेका प्रहरीले जनाएको छ। बैंक जंगल नजिकै रहेकाले लुटेरालाई सहज भएको प्रहरीले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT