एमाले महाधिवेशनमा ‘विश्वमञ्चमा केपी ओली’ वृत्तचित्र प्रदर्शन
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा शशी लुमुम्बू र विश्वमणि घिमिरेको परिकलपना तथा निर्देशनमा तयार भएको वृत्तचित्र ‘विश्वमञ्चमा केपी ओली’ पटक पटक प्रदर्शन गरिएको छ । करिब पाँच मिनेट लामो उक्त वृत्तचित्रले प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले गरेका औपचारिक अन्तर्राष्ट्रिय भ्रमण, कूटनीतिक पहल तथा नेपाल र नेपालीको आत्मसम्मान अन्तर्राष्ट्रिय जगतमा उँचो बनाउने योगदानलाई केन्द्रमा राखेको छ ।
वृत्तचित्रमा संयुक्त राष्ट्रसंघ, छिमेकी तथा मित्र राष्ट्रहरूसँगको उच्चस्तरीय भेटघाट, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्ष मजबुत रूपमा प्रस्तुत गरिएका दृश्यहरू समेटिएका छन् । साथै, ओली नेतृत्वमा नेपालको राष्ट्रिय स्वाभिमान, अस्मिता र पहिचानलाई विश्वसमुदायसमक्ष स्थापित गर्न गरिएका प्रयासहरूलाई संक्षेप तर प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले वृत्तचित्रलाई अत्यन्त रुचिपूर्वक हेरेका थिए । उनीहरूले यसलाई नेतृत्वको योगदानको कदर र सम्मानको प्रतीकका रूपमा व्याख्या गरेका छन् । धेरै प्रतिनिधिहरूले वृत्तचित्रले पार्टी नेतृत्वको अन्तर्राष्ट्रिय भूमिकालाई स्मरण गराउँदै वर्तमान पुस्तालाई प्रेरणा दिएको प्रतिक्रिया दिएका छन् । छोटो समयमै गहिरो सन्देश दिन सफल उक्त वृत्तचित्र महाधिवेशनको बन्दसत्रमा विशेष आकर्षणको केन्द्र बनेको थियो । निर्देशकद्वयको अर्को वृत्तचित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ भदौ २०–२२ मा गोदावारीमा सम्पन्न विधान महाधिवेशनमा प्रदर्शन गरिएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

तपाईको प्रतिक्रिया दिनुहोस