Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारएमालेको सडकमा प्रदर्शन सत्ताको उन्माद : आजपा नेतृ रञ्जु साह

    एमालेको सडकमा प्रदर्शन सत्ताको उन्माद : आजपा नेतृ रञ्जु साह


    काठमाडौं ।आम जनता पार्टी (आजपा)का नेतृ रञ्जु साहले सत्ता र सडकबाट नेकपा (एमाले) तमासा प्रदर्शन गरिरहेको टिप्पणी गरेकी छन् ।

    आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसंगको भेटघाटमा उनले एमालेको सडक प्रदर्शन सत्ताको उन्माद भएको बताएकी छन् ।

    ‘असफल भईसकेको सरकार जनताको समस्या, माग, आवश्यक्ताको बारेमा बेखबर छ । कुनै चासो नै छैन् । तर एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्व गर्दै सरकार र सडकबाट तमासा गर्दै हिडेका छन् । यसरी देश र जनताको चाहना, आवश्यक्ता पुरा हुदैन्,’ उनले भनिन् ।

    देशकै नेतृत्व गरेको एमालेको सडक प्रदर्शन कसका बिरुद्धमा हो भन्दै उनले प्रश्न समेत गरिन् । एमालेले आज भृकुटीमण्डपमा युवा सेलिब्रेसन गर्दैगर्दा उनले भनिन्, ‘यो एमालेको प्रदर्शन कसका बिरुद्धमा हो ? सडक र सत्तामा बसेको एमालेले यसरी तमासा गर्न मिल्छ ? कांग्रेससंग सत्तासहकार्यमा उकुसमुकुस छ भने सत्ता छोडेर सडकमै आउँदा हुन्छ नि ।’

    एमालेको शक्ति प्रदर्शनले लोकतन्त्रकै चिरण हरण भएको दावी आजपा नेतृ साहले गरेकी छन् । विदेशमा महिनौ देखी मरेका युवाको लाश ल्याइदिने आशमा बसेका परिवारलाई सरकारले केही गर्न नसकेको बताउदै उनले काठमाडौंमा सरकारले युवा सेलिबे्रसनको नाममा नाटक गरिरहेको बताईन् । साथै उनले युवा बिनाको युवा सेलिब्रेसनको कुनै काम नभएको बताईन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    Techie IT