एमालेको झण्डा जलाउने रास्वपाका एक कार्यकर्ता पक्राउ
दाङ । दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित बिरेन्द्र चोकमा भएको झण्डा जलाउने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो। फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ। घटनामा संलग्नहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत एमालेले गराएको छ ।
प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न सबै पक्षलाई आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस