Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ८ मंगलवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रएमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर

    एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर


    काठमाडौं|  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । एमसीए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो ।

    एमसीए-नेपाल, एन्जेलिक-स्किपर जेभी र वाइबा-सलासर जेभीबिच भएको ठेक्का सम्झौता हस्ताक्षर समारोहमा एमसीसीका कम्प्याक्ट अपरेशन विभागका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव घनश्याम उपाध्याय, कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय देशीय निर्देशक डायान फ्रान्सिस्को र एमसीए-नेपालका कार्यकारी निर्देशक खड्ग विष्ट उपस्थित थिए ।

    एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली र नयाँ दमौली–बुटवल ४०० केभी प्रसारण लाइन निर्माण सम्झौता गरेको हो । एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ–दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको हो ।

    नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले भने- ‘यो कोसेढुङ्गा एउटा निर्माण ठेक्का सम्झौता मात्र नभई नेपालको विकास र समृद्धिप्रतिको अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक समेत हो । यस साझेदारीमार्फत हामीले विद्युत्‌को लाइन र आर्थिक पूर्वाधार निर्माण मात्र गरिरहेका छैनौँ, नेपालको दीर्घकालीन विकासलाई पनि गति दिइरहेका छौँ । एमसीसी कम्प्याक्ट सम्झौता नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशिला हो । नेपालका सबै नागरिकलाई लाभ पुग्ने गरी मिलेर अघि बढ्न पाएकोमा हामीलाई गर्व लागेको छ ।’

    यसैगरी मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपाल सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजनाहरू कार्यान्वयनका लागि विसं २०७५ वैशाखमा विकास समिति ऐन, २०१३ अन्तर्गत गठन गरिएको सरकारी स्वामित्वको कानूनी निकाय हो ।

    कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताए । उनकाअनुसार अहिलेसम्मका कामहरु प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् । ती नै समयमै काम सम्पन्न हुने आधारहरु हुन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै

    भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय

    विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय

    Techie IT