Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिएमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र तीन सबस्टेशन निर्माण सुरु, ऊर्जा पूर्वाधार सुदृढ हुने अपेक्षा

    एमसीसीअन्तर्गत २९७ किमि प्रसारण लाइन र तीन सबस्टेशन निर्माण सुरु, ऊर्जा पूर्वाधार सुदृढ हुने अपेक्षा


    काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिले अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गत रातमाटे, नयाँ दमौली र नयाँ बुटवल क्षेत्रलाई जोड्ने विद्युत् प्रसारण पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ।

    परियोजनाअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशनसहित २९७ किलोमिटर लामो उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ। अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा आयोजना कार्यान्वयन हुन लागेको हो।

    यस परियोजनामा तीन वटा ४०० केभी क्षमताका आधुनिक सबस्टेशन तथा करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ। यसले राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ बनाउने, विद्युत् आपूर्तिमा हुने अवरोध घटाउने तथा घरायसी र औद्योगिक क्षेत्रलाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली तथा नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन खण्ड निर्माण गरिनेछ। यस पूर्वाधारले नेपाललाई क्षेत्रीय विद्युत् व्यापार तथा ऊर्जा बजारमा थप सक्रिय रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास गरिएको छ।

    नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले परियोजनाले नेपालमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्दै उद्योग र कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने बताए। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यस आयोजनाले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा मजबुत बनाउने धारणा व्यक्त गरे।

    त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो आयोजना राष्ट्रिय प्रसारण सञ्जाल विस्तारको महत्वपूर्ण हिस्सा भएको बताए। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजना नेपालको ऊर्जा पूर्वाधार विकासका लागि कोशेढुंगा सावित हुने उल्लेख गरे।

    निर्माण कार्य चार वटा निर्माण कम्पनीमार्फत अघि बढाइने जनाइएको छ। आयोजना सम्पन्न भएपछि निर्माण हुने सबस्टेशनहरू देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन्। यसले बढ्दो ऊर्जा माग व्यवस्थापन गर्न, विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न तथा देशको आर्थिक वृद्धिलाई गति दिन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT