एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको विजयी शुरुवात
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उद्घाटन खेल कर्णाली यशविसले जितेको छ । शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो ।
कर्णालीले पहिलो सेटमा २५–२१ , दोस्रो सेटमा २५– २० र तेस्रो सेटमा २५–१४ ले पोखरालाई हराएको थियो ।भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।
भोली (शनिबार) पोखराले मधेस यूनाइटेडसँग खेल्दैँछ । कर्णाली यशविसले भने लुम्बिनी लाभाजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
यहि भदौ २० देखि २८ गते सम्म पोखरामा हुने एभरेष्ट महिला भलिबल प्रतियोगिताको पूर्व सन्ध्यामा टिम धनराज र टिम राजेशका बीच हुने मैत्रीपूर्ण खेलको शुभारम्भ हुने बताइएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस