Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ एफएनसीसीआईमा नयाँ नेतृत्व चयन आज, दुई समूहबीच कडा प्रतिस्पर्धा

    एफएनसीसीआईमा नयाँ नेतृत्व चयन आज, दुई समूहबीच कडा प्रतिस्पर्धा


    काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ को वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।

    महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

    नयाँ कार्यकारिणी समितिको गठनका लागि मुख्यतः दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ। एकतर्फ भावी अध्यक्ष श्रेष्ठ समर्थित समूह रहेको छ भने अर्कोतर्फ हेमराज ढकाल नेतृत्वको समूह चुनावी मैदानमा छ।

    श्रेष्ठ पक्षले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे लाई अघि सारेको छ। उक्त प्यानलबाट कार्यकारिणी सदस्यमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल उम्मेदवार रहेका छन्। एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे छन् भने जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ ले उम्मेदवारी दिएका छन्।

    यता ढकाल समूहबाट जिल्ला–नगरतर्फ उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे प्रतिस्पर्धामा छन्। वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन्।

    महासंघको नयाँ कार्यकारिणी चयनका लागि ७३ पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। मतदान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ भने प्रज्ञा भवन मा मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिनेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने

    काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल

    विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको…

    काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको

    नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने…

    काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४

    कीर्तिपुर, पुल्चोक र एकान्तकुना क्षेत्रको भोल्टेज सुध्रिँदै, चोभार सबस्टेसनबाट शुक्रबारदेखि…

    काठमाडौँ — काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन सञ्चालनमा

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    Techie IT