एफएनसीसीआईमा नयाँ नेतृत्व चयन आज, दुई समूहबीच कडा प्रतिस्पर्धा
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ को वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ।
महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ।
नयाँ कार्यकारिणी समितिको गठनका लागि मुख्यतः दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ। एकतर्फ भावी अध्यक्ष श्रेष्ठ समर्थित समूह रहेको छ भने अर्कोतर्फ हेमराज ढकाल नेतृत्वको समूह चुनावी मैदानमा छ।
श्रेष्ठ पक्षले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे लाई अघि सारेको छ। उक्त प्यानलबाट कार्यकारिणी सदस्यमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल उम्मेदवार रहेका छन्। एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे छन् भने जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ ले उम्मेदवारी दिएका छन्।
यता ढकाल समूहबाट जिल्ला–नगरतर्फ उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे प्रतिस्पर्धामा छन्। वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन्।
महासंघको नयाँ कार्यकारिणी चयनका लागि ७३ पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। मतदान बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ भने प्रज्ञा भवन मा मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिनेछ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस