Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठखेलकुदएनपिएलमा आज काठमाडौं र सुदूरपश्चिम भिड्दै

    एनपिएलमा आज काठमाडौं र सुदूरपश्चिम भिड्दै


    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बुधबार त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुने खेलमा काठमाडौं र सुदूरपश्चिम प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    टिमको कुरा गर्दा काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी सहित यो सिजन खेल्दैछ ।

    त्यस्तै दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

    एनपीएलको यस सिजनमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एनपीएलको पहिलो क्वालिफायर आज : सुदूरपश्चिम र विराटनगर आमने सामने…

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज  साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ

    कर्णालीले जनकपुरलाई ३ रनले हरायो

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेल ‘लो स्कोरिङ’ थ्रिलर बन्दा कर्णाली याक्सले डिफेण्डिङ च्याम्पियन जनकपुरमाथि ३ रनको

    आज लिग चरणको अन्तिम खेलमा जनकपुर र कर्णाली भिड्दैछन्

    काठमाडौं।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।अपराह्न

    एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले

    पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा पोखराले कर्णालीलाई

    काठमाडौंको सहज जीत

    काठमाडौं। कर्णाली याक्सविरुद्ध पाँच विकेटको सहज जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाज प्लेअफनजिक पुगेको छ ।प्रतियोगिताका काठमाण्डूको यो चौथो जित

    Techie IT