Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियएनआरएन विवाद – शर्मा पक्षको रिट न्यायाधीश ढकालको इजलासमा पेशी

    एनआरएन विवाद – शर्मा पक्षको रिट न्यायाधीश ढकालको इजलासमा पेशी


    काठमाण्डौँ/ ३० भदौ ,गैर आवासिय नेपाली संघको आधिकारिकता विवादमा राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको छ।
    शर्मा पक्षले आफूहरु आधिकारिक भएको दावी गर्र्दै भदौ २६ गते रिट दर्ता गराएका थिए । उक्त रिट यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी परेको थियो । उनले हेर्न नमिल्ने भएपछि स्थगीत भएर आइतबार पून पेशी तोकिएको हो ।
    एनआरएनको विवादमा सर्वोच्चले यसअघि दुई फैसला सुनाएको थियो । ती फैसलापछि अन्योल भएको भन्दै शर्मा पक्षले तेस्रो मुद्दा दायर गरेका हुन् । यसअघि सर्वोच्चले बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलेको थियो । उक्त फैसलाको विरुद्ध शर्मा पक्षले सर्वोच्चमा रिट दायर गरेको हो । आज सुनुवाई भएमा सर्वोच्चले दुवै पक्षले छलफलमा बोलाउने देखिन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    Techie IT