Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालको जीत

    एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपालको जीत


    काठमाडौं । नेपाल ‘ए’ले एकदिवसीय अभ्यास शृंखलाको चौथो तथा अन्तिम खेलमा अमेरिकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ । यो जितसँगै नेपालले चार खेलको शृंखलामा शतप्रतिशत नतिजा निकालेको छ । यसअघि नेपाल ‘ए’ले अमेरिकालाई तीन विकेटको हराएको थियो । टोली स्कटल्यान्डविरुद्ध पहिलो खेलमा ४५ रन र दोस्रो खेलमा डीएलएसका आधारमा नौ रनले विजयी भएको थियो ।

    आइतबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २५७ रन बनायो ।

    अमेरिकाका सेहान जयासूर्याले ७१ रनको इनिङ खेले । उनले ६७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । शुवम रन्जानेले ४७, सन्जय जहान्गिरले ४१ र स्मित पटेलले ३३ रन जोडे । साइतेजा रेड्डी मुक्कामल्लाले १६ र मिलिन्द कुमारले १३ रन बनाए ।

    नेपालका शेर मल्लले सर्वाधिक चार विकेट लिए । उनले ७.१ ओभरमा एक मेडनसहित ३० रन खर्चिए । बसिर अहमदले तीन विकेट हात पारे । शाहब आलम र पवन सराफको नाममा समान एक विकेट रह्यो ।त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर२६४ रनको योगफल खडा गरेको थियो ।

    नेपाल ‘ए’का सन्दीप जोराले १११ रनको शतकीय इनिङ खेले । उनले ११५ बलमा नौ चौका र चार छक्का प्रहार गरे । बसिर अहमदले ३८, मयन यादवले २४, पवन सराफले २० र नारायण जोशीले १६ रन बनाए । अमेरिका सौरभ नेत्रावाल्करले सर्वाधिक तीन विकेट लिए । जसदीप सिंहले दुई विकेट हात पार्दा शुवम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगरकरको नाममा समान एक विकेट रह्यो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    Techie IT