Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियएआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छः परराष्ट्रमन्त्री

    एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छः परराष्ट्रमन्त्री


    काठमाडौं/ १७ असाेज, परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ ।

    कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु सम्मेलन अन्तर्गत आयोजित एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।”

    उहाँले विश्व शान्ति, स्थिरता र समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने धारणा पनि राख्नुभयो ।

    सो विजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यु बिजनेस मोडल’ विषयक सत्रमा उहाँले भन्नुभयो “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’का रुपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।”

    मन्त्री डा राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षा लगायतका लागि पनि प्रभावकारी साधन बनेको बताउनुभयो ।

    यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पाेरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्धनका लागि प्रयोग गर्नसक्ने उहाँको सुझाव थियो ।

    कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन र सेवाहरूको विस्तारमा एआइले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।

    यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

    मन्त्री डा राणाले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भएपनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गर्नुभयो ।

    कतिपय डाटा तथा तथ्याङ्कको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रुपमा लिने गरिएको उहाँको भनाई थियो ।

    नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको भन्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान पनि गर्नुभयो ।

    उहाँले भन्नुभयो “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुनहरु पनि परिमार्जन गरेका छौँ । नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ । एआइ पनि नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ ।”

    सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीहरुसँग समन्वय गरी नेपालमा लगानीगर्न उहाँले विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो “यहाँ उपस्थित सम्पूर्ण उद्योगी, व्यवसायी एवं लगानीकर्ताहरुलाई म यो आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण पनि छ । त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् ।”

    परराष्ट्रमन्त्री डा राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुग्नुभएको हो । उहाँ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुग्नुभएको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT