Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिऋण नतिर्नेमाथि कडा निगरानी राख्न गृहमन्त्रीको निर्देशन

    ऋण नतिर्नेमाथि कडा निगरानी राख्न गृहमन्त्रीको निर्देशन


    नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऋण लिएर तिर्दिनँ भनी उच्छृङ्खल गतिविधि गर्नेहरुमाथि निगरानी गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
    गृह मन्त्रालयले नेपालगञ्जमा बिहीबार आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले भने, ‘ऋण लिएर ऋण तिर्दिन भन्दै अवाञ्छित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने जस्ता गतिविधिप्रति चनाखो हुनुपर्छ ।’
    वित्तीय अपराधका कारण ठूलो संख्यामा नागरिक ठगिएका, सहकारी, मिटर ब्याज, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रुपमा देखिएको समेत गृहमन्त्री श्रेष्ठले बताए ।
    आर्थिक रुपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउने उनले जानकारी दिए ।
    सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनुत्तरदायी प्रवृत्ति र भ्रष्टाचार प्रमुख चुनौतीका रुपमा देखापरेको भन्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको प्रस्ट पारे ।
    गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने लक्ष्य रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसलाई हासिल गर्न स्थानीय प्रशासनले प्रभावकारी भूमिका निर्वा गर्नुपर्नेमा जोड दिए ।
    मुलुकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्ने र परिवर्तनबाट ल्याएको लाभ जनताले उपभोग गर्ने वातावरण तय गर्न व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
    संघीयताको प्रभावकारी कार्यान्वनका लागि राजनीतिक तथा संस्थागत आधार निर्माण भए तापनि प्रशासनिक, कानूनी एवं कार्यनीतिगत काम अझै बाँकी रहेको उनले बताए ।
    गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन जरुरी भएको औंल्याउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्यढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।
    गृहमन्त्री श्रेष्ठले चेलीबेटी बेचबिखन नियन्त्रण र अपराधसँग साँठगाँठ गर्ने जोसुकैलाई सेवाबाट बर्खास्त गरिने चेतावनीसमेत दिए ।
    गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश र जिल्ला प्रमुखसहितका सुरक्षा अधिकारीहरु सहभागी भएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    भोटेकोशी बाढीको क्षति र उद्धारबारे कूटनीतिक समुदायलाई जानकारी

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था

    भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४…

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला

    Techie IT