ऊर्जामन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबिच द्विपक्षीय भेटवार्ता
काठमाडौँ –चीन भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा त्यहाँका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
गरेका छन् ।
भेटवार्ताको सुरुवातमा मन्त्री खड्काले चीन सरकारद्वारा प्रदत्त आत्मीय आतिथ्य र SCO ऊर्जा मन्त्री स्तरीय बैठकको सफल आयोजनाप्रति आभार प्रकट गर्दै आयोजनाको सफल समापनका लागि बधाई ज्ञापन गरेका छन्।
भेटवार्ताको क्रममा मन्त्री खड्काले चीन सरकारले आयोजना गरेको शाङ्घाई सहयोग सङ्गठन (एससिओ)का सदस्य राष्ट्रका वैठकले नेपालको ऊर्जा क्षेत्रको विकासमा समेत सहयोग पुगेको भन्दै ऊर्जामन्त्रीस्तरिय बैठक सफल आयोजनाका लागि चीन सरकारलाई बधाई तथा धन्यवाद दिए।
भेटमा नेपाल-चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र ऊर्जा क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको ऊर्जामन्त्रीसँगै सहभागी मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सागरराज गौतमले जानकारी दिए।
भेटमा चीनका राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार प्रतिबद्ध रहेको बताएका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस