Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रउद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त बनाउने प्रतिबद्धता

    उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठन, निजी क्षेत्रको आवाज सशक्त बनाउने प्रतिबद्धता


    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने वस्तुगत परिषद् गठन गरिएको छ। परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा मनोनयन पत्र प्रदान गरिएको हो।

    कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वस्तुगत परिषद्ले निजी क्षेत्रको साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

    उनले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन तथा निर्यात विस्तार र निजी क्षेत्रका समस्या समाधानमा परिषद्ले सक्रिय तथा परिणाममुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्त्वपूर्ण रहने उनको भनाइ थियो।

    महासंघका जिल्ला तथा नगर उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्त्वपूर्ण अंग भएको उल्लेख गर्दै विभिन्न क्षेत्रबाट उठेका समस्या समाधानमा यसको प्रभावकारी भूमिका रहने बताए।

    त्यस्तै, वस्तुगत उपाध्यक्ष तथा परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउन परिषद्ले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले परिषद्का सदस्यहरूलाई तथ्यांकमा आधारित अध्ययन–अनुसन्धान गरी नीतिगत सुझाव प्रस्तुत गर्न र निजी क्षेत्रको हित संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुन आग्रह गरे।

    एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको र लगानीको वातावरण चुनौतीपूर्ण रहेको अवस्थामा व्यावसायिक गतिविधि विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन परिषद्को भूमिका महत्त्वपूर्ण हुने बताए।

    महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा विभिन्न समितिका गतिविधिले नै महासंघलाई सक्रिय बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैली अपनाएर अर्थतन्त्रलाई गति दिने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए।

    यसैबीच, बुधबार बसेको वस्तुगत परिषद्को बैठकले भक्तबहादुर हमाललाई परिषद्को उपसभापतिमा मनोनयन गरेको छ। महासंघमा हाल विभिन्न क्षेत्रका १४२ वटा वस्तुगत सदस्य संघ आबद्ध रहेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    Techie IT