Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारउडीसाको केआईआईटीमा नेपाली छात्रा मृत फेला

    उडीसाको केआईआईटीमा नेपाली छात्रा मृत फेला


    काठमाडौं ।भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्। बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन् ।

    प्रिसा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको छ ।
    भुवनेश्वर–कटक प्रहरी आयुक्त सुरेश देव दत्त सिंहले घटनामा विस्तृत अनुसन्धान गरिने बताए । उनका अनुसार वैज्ञानिक टोलीले घटनास्थलमा पुगेर सम्पूर्ण विवरण संकलन गरेको छ ।

    प्रहरीले छात्राको परिवार र नेपाल राजदूतावासलाई घटनाको जानकारी दिएको छ |  घटनापछि ओडिशा सरकारले मृतक छात्राको परिवारप्रति समवेदना व्यक्त गरेको छ । सरकारी अधिकारीहरूका अनुसार, विश्वविद्यालयले छात्राका आमाबुवालाई तत्काल घटनाको जानकारी दिएको छ ।
    यसअघि पनि गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    Techie IT