उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा नेपालको भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन
भक्तपुर/ १ असोज , नेपाल–भारत विकास सहकार्यमा भारत सरकारको नेरु. १ करोड १३ लाखआर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको आज भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद श्री दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख श्री ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख श्रीमती सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो । प्रतिनिधि सभाका माननीय सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सूर्यविनायक नगरपालिकाका प्रमुख, उप–प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५ % छात्राहरु रहेका छन् । श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा सुविधा प्रदान गर्न नवनिर्मित संरचना उपयोगी हुनेछ । साथै सिकाइको राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षाको विकासमा योगदान पुर्याउँनेछ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा भनिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस