काठमाडौं। इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिएका छन्।ट्रम्पले आजको दिनलाई विशेष दिन समेत भनेका छन्। ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टेलिफोनमा एक अर्कालाई बधाइ समेत दिएका छन्।गजामा २ वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव राखेर युद्धविरामको पहल गरेका थिए।
अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्ने सम्भावना छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ३ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस