Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रइरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल नाघ्यो

    इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल नाघ्यो


    काठमाडौं ।  अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ।

    अनौपचारिक बजारमा सोमबार एक अमेरिकी डलरको विनिमयदर बढेर २० लाख २० हजार इरानी रियाल पुगेको छ। इरानको केन्द्रीय बैंकले निर्धारण गरेको आधिकारिक विनिमयदर भने करिब १५ लाख रियाल रहेको छ। यद्यपि, अधिकांश नागरिकले अनौपचारिक बजारमा कायम विनिमयदरअनुसार कारोबार गर्ने गरेका छन्।

    युद्ध, अमेरिकी प्रतिबन्ध र निरन्तर आर्थिक दबाबका कारण इरानी अर्थतन्त्र थप संकटमा परेको छ। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि नै दोहोरो अंकको मुद्रास्फीति र ऋणात्मक आर्थिक वृद्धिदरका कारण रियाल दबाबमा थियो।

    पछिल्लो करिब छ महिनादेखि जारी युद्धले अर्थतन्त्रमा थप असर पारेपछि रियालले पटक–पटक नयाँ ऐतिहासिक तल्लो विन्दु कायम गर्दै आएको छ।

    मुद्राको तीव्र अवमूल्यनसँगै इरानी नागरिकका लागि दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्दै गएको छ। युद्ध सुरु भएयता इरानमा चामलको मूल्य करिब ६० प्रतिशतले वृद्धि भएको बताइएको छ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युद्ध र बढ्दो आर्थिक दबाबका कारण इरानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच प्रतिशतभन्दा बढीले संकुचन हुने प्रक्षेपण गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार

    नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.२४ अंकले बढेको छ । नेप्से ९.२४ अंकले बढेर २ हजार

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका

    नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ :…

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता,

    पूर्वाधारमा निजी लगानी बढाउन कानुनी, नीतिगत र वित्तीय सुधार आवश्यक…

    काठमाडौं । पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउन कानुनी, नीतिगत तथा वित्तीय वातावरण सुधार गर्नुपर्ने संघीय संसद्को पूर्वाधार विकास समितिको

    Techie IT