इन्जुरी समयमा मेरिनोको निर्णायक गोल, पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल इन्जुरी समयमा पुगेको थियो। दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो।
यस जितसँगै स्पेन विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा समाप्त भएको छ।
पोर्चुगलका कप्तान ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले यसअघि नै सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। त्यसैले स्पेनसँगको हारसँगै विश्वकपमा रोनाल्डोको ऐतिहासिक यात्रा पनि टुंगिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस