इन्जिनमा आगो लागेको टर्किस एयर कोलकत्तामा सकुशल अवतरण
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा आगो लागेको टर्किस एयरको विमान कोलकत्तामा सकुशल अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बुधबार टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ ए–३३३ बिमान दिउँसो १ बजेर २९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
उडान भरेको केही समयपछि फोर डीएमई वेस्ट क्षेत्रमा विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत देखिएपछि ‘राइट इन्जिन अन फायर’ भन्दै काठमाडौं एप्रोच कन्ट्रोलमा जानकारी गराइएको थियो ।
घटनापछि जहाजलाई केही समय आकाशमै होल्ड गराई आवश्यक प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि सुरक्षाका कारण भारतको कोलकत्ता (भीईसीसी) विमानस्थलतर्फ डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । जहाज निर्धारित समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकत्ता विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।
उक्त जहाजमा चालक दलका ११ सदस्यसहित २२५ यात्रु सवार रहेका थिए । सबै यात्रु तथा चालक दल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस