Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठविश्वइजरायलमा इरानी आक्रमण ,भौतिक संरचनामा व्यापक क्षति

    इजरायलमा इरानी आक्रमण ,भौतिक संरचनामा व्यापक क्षति


    काठमाडौं । इजरायलको ‘मागेन डेभिड अडोम’ आपत्‌कालीन सेवाले आइतबार साँझ अरादमा भएको मिसाइल आक्रमणबारे अर्को अपडेट जारी गरेको छ ।आपत्‌कालीन सेवाका अनुसार, अराद सहरमा ८८ जना घाइते भई अस्पताल भर्ना भएका छन् । उपचार गराइरहेका ८८ मध्ये १० जना गम्भीर, १९ मध्यम र ५९ जना सामान्य घाइते रहेका छन् ।
    मिसाइलहरूले इजरायलको रक्षा प्रणाली भेदेर अरादमा प्रहार गरेका हुन् । इजरायलले इरानमाथिको आक्रमण यस हप्ता उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ ।यसैबीच नजिकैको डिमोना सहरमा इरानले क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ४७ जना घाइते भएका छन् ।

    इजरायली सेनाले डिमोनामा प्रहार भएको एउटा मिसाइललाई रोक्न असफल भएको स्वीकार गरेको छ । उक्त मिसाइल देशको आणविक कार्यक्रमको केन्द्र मानिने स्थानमा खस्दा मानिसहरू घाइते हुनुका साथै एउटा सानो भवन ध्वस्त भएको छ ।

    यस आक्रमणको मुख्य निसाना करिब १३ किलोमिटर टाढा रहेको एक आणविक केन्द्र रहेको बताइएको छ । दुवै आक्रमणमा घरको संरचनाहरूमा व्यापक क्षति भएको बीबीसीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस घटनालाई सहरका लागि अत्यन्तै कठिन साँझ भएको बताएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे

    काठमाडौं । शनिबार बिहान केप भर्डेले डेब्यू विश्वकपमा पहिलो हार ब्यहोर्दा स्टेडियममा धेरैका आँशु थामिएनन् । हो फुटबल निर्मम छ ।

    इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

    काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) सबै प्रकारका जहाजहरूको आवतजावतका लागि अर्को

    फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

    काठमाडौँ ।  फिलिपिन्समा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब

    भारत–नेपाल सीमा समस्या द्विपक्षीय रूपमा समाधान गर्ने भारतको स्पष्ट धारणा

    एजेन्सी ।  भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक नभएको स्पष्ट पारेको छ। नियमित मिडिया ब्रिफिङमा भारतीय

    ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय

    सी–पुटिन भेट : चीन–रूस सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी

    एजेन्सी । चिनियाँ राष्ट्रपति Xi Jinping र रुसी राष्ट्रपति Vladimir Putin बीच बेइजिङमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। चीन भ्रमणका

    Techie IT