Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठखेलकुदआसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

    आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो


    काठमाडौँ । नेपाल ए क्रिकेट टिमले आसामविरुद्धको टी-२० सिरिज जितेको छ । सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल ए ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१  र इशान पाण्डेले ३२ रन जोड्े । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिए ।

    यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एनपीएलको पहिलो क्वालिफायर आज : सुदूरपश्चिम र विराटनगर आमने सामने…

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज  साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ

    कर्णालीले जनकपुरलाई ३ रनले हरायो

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेल ‘लो स्कोरिङ’ थ्रिलर बन्दा कर्णाली याक्सले डिफेण्डिङ च्याम्पियन जनकपुरमाथि ३ रनको

    आज लिग चरणको अन्तिम खेलमा जनकपुर र कर्णाली भिड्दैछन्

    काठमाडौं।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।अपराह्न

    एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले

    पोखराको दोस्रो जित, कर्णाली बाहिरियो

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा पोखराले कर्णालीलाई

    काठमाडौंको सहज जीत

    काठमाडौं। कर्णाली याक्सविरुद्ध पाँच विकेटको सहज जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाज प्लेअफनजिक पुगेको छ ।प्रतियोगिताका काठमाण्डूको यो चौथो जित

    Techie IT