आर्थिक परिवर्तनका लागि गठबन्धन : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल (नेपाली कांग्रेस र नेकपा एमाले) मिलेर सरकार बनाएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाई थियो ।
राजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ । उपप्रधानमन्त्री सिंहले भने,ञ जिम्मेवारी ठुलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।झ
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बन्नुभएका बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना दिन कार्यक्रम आयोजना गरेको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ३ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस