Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिआम सुकुम्बासी संघद्धारा काठमाडौं महानगरपालिका घेराउ गर्ने चेतावनी

    आम सुकुम्बासी संघद्धारा काठमाडौं महानगरपालिका घेराउ गर्ने चेतावनी


    काठमाडौं, ५ असार । आम जनता पार्टी निकटको आम सुकुम्बासी संघले काठमाडौं महानगरपालिकाको दोहोरो चरित्र सच्याउन माग गरेको छ ।

    काठमाडौं महानगरपालिकाको दोहोरो चरित्रका कारण आम सुकुम्बासीलाई दुखित बनाएको भन्दै संघले त्यसलाई नसच्याए महानगरको कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएको छ ।

    आम सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकले आज एक विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई दोहोरो चरित्र सच्याउन आग्रह गरेका छन् । उनले महानगरले दोहोरो चरित्र नसच्याए र सुकुम्बासीको समस्याप्रति खेलवाड गरे त्यसका बिरुद्धमा जस्तोसुकै आन्दोलन गर्न आफूहरु तयार रहेको चेतावनी समेत दिएका छन् ।

    भूमि समस्या समाधान आयोगले लागत संकलन गर्छू भनि जारी भएको ३५ दिने सूचना आधारमा महानगरले पत्र जारी गरेको तर फेरी असार २ गते अर्को पत्र जारी गर्दै मनोमानी गर्न थालेको संघका अध्यक्ष विकले जनाएका छन् ।

    ‘महानगरपालिकाले व्यवस्थापन गर्ने ठाउँमा गरिब सुकुम्बासी निमुखालाई अधिकार बिहिन बनाइरहेको महानगरपालिका प्रशासन विभागको यस्तो कार्यको हामी घोरभत्र्सना गर्दछौं,’ विकले भने ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने; विनियोजन र…

    काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा आर्थिक

    आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    गृहमन्त्रीमा फेरि सुधन गुरुङ, आजै शपथको तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले

    प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को

    Techie IT