Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीआन्तरिक असन्तुष्टि र मतभेदहरू अन्त्य गरेर तामाङलाई विजयी गराउन पूर्व मन्त्री बस्नेतको अनुरोध

    आन्तरिक असन्तुष्टि र मतभेदहरू अन्त्य गरेर तामाङलाई विजयी गराउन पूर्व मन्त्री बस्नेतको अनुरोध


    दोलखा/ ३ मंसिर,नेपाली कांग्रेसको तर्फबाट दोलखाको गौरीशंकर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङले उम्मेदवारी दर्ता गराएकी छिन् ।

    आइतबार निर्वाचन कार्यालयमा तामाङले कांग्रेसका नेता तथा कार्यकर्ताहरूसहित पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

    उम्मेदवारी दर्ता गराएपछि आयोजित चुनावी सभामा सम्बोधन गर्दै कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसबाट उप–प्रमुखको उम्मेदवार बनेकी पासदिकी तामाङलाई मतदान गरेर विजयी बनाउन अपील गर्नुभयो।

    उहाँले कांग्रेसका नेता कार्यकर्ताहरूलाई आन्तरिक असन्तुष्टि र मतभेदहरू अन्त्य गरेर तामाङलाई विजयी बनाउन अनुरोध गर्नुभयो । उनले मतभेद र असन्तुष्टिहरूलाई चुनावपछि आन्तरिक छलफल गरेर मिलाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT