काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३ औँ कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।
सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।
कानून दिवस नेपालको कानूनी प्रणालीको विकास र सुधारका लागि भइरहेका निरन्तर प्रयासहरूको महत्वलाई रेखांकित गर्ने दिन हो। समयमै न्यायको उपलब्धता, कानूनी सेवाको पहुँच र न्यायिक पारदर्शिता जस्ता चुनौतीहरू अझै बाँकी रहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न यहाँ विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस