Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारआज हरि बोधिनी एकादशी

    आज हरि बोधिनी एकादशी


    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी आज मनाइदै छ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो ।आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

    हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ ।काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ ।

    यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    Techie IT