Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन ७ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारआज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै


    काठमाडौँ| प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

    आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

    सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

    भगवान् विष्णुले शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

    काठमाडौं । निर्वाचन आयोगले  ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको

    आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

    काठमाडौँ- नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बिहीबार दसौँ निर्वाचन दिवस मनाइँदै छ।

    काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र

    काठमाडौं, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं

    घरदैलो सहित चुनावी कार्यक्रमलाई तिब्रता दिदै बाँकेका आजपा उम्मेदवार शर्मा

    नेपालगंज, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके– ३ की उम्मेदवार विध्या शर्माले घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी

    कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’

    काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा

    रवि र बालेनलाई प्रभु साहको चेतावनी रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन

    रौतहट, ६ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ

    Techie IT