आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने गरिन्छ ।
धार्मिक मान्यताअनुसार यस दिन भगवान विष्णुले क्षीरसागरमा शयन गर्ने क्रममा कोल्टे फेर्ने विश्वास गरिन्छ । त्यसैले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
हरिपरिवर्तिनी एकादशीका दिन निष्ठापूर्वक व्रत बस्दा पाप नाश भई पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यस दिन बिहानै स्नान गरी भगवान विष्णु अर्थात् हृषिकेशको पूजा तथा आराधना गर्ने गरिन्छ ।
व्रतालुले आफ्नो परम्परा र स्वास्थ्यअनुसार फलाहार वा निराहार व्रत बस्ने तथा दिनभर भगवान विष्णुको स्मरण र पूजा–आराधना गर्ने चलन रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस