आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका साथ मनाइँदैछ।
वैदिक परम्पराअनुसार आज सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायनको सुरुआत हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई सनातन हिन्दू धर्ममा विशेष महत्वका साथ मनाइन्छ।
नेपाल कृषि प्रधान मुलुक भएकाले असार महिनाभर खेतबारीमा व्यस्त रहने किसानहरूले साउने सङ्क्रान्तिका अवसरमा परम्परागत रूपमा ‘लुतो फाल्ने’ चलन पनि निर्वाह गर्छन्। हिलोमैलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्न यो परम्परा विकास भएको संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराई बताउनुहुन्छ।
परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपातीजस्ता औषधीय गुण भएका वनस्पति राखेर कण्डारक नामक राक्षसको प्रतीकात्मक पूजा गरिन्छ। त्यसपछि अगुल्टो फाल्दै लुतो हटाउने चलन छ। यस क्रममा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा घरको ढोका बन्द गर्ने प्रचलन पनि विभिन्न समुदायमा कायम छ।
साउन महिनालाई भगवान् शिवको विशेष आराधनाको महिना मानिन्छ। यस अवसरमा महिलाहरूले हरियो चुरा, हरियो पोशाक तथा मेहन्दी लगाएर प्रकृतिप्रतिको प्रेम र समृद्धिको कामना व्यक्त गर्ने परम्परा छ।
साउने सङ्क्रान्तिका अवसरमा आज पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ६ अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
- ७ सिन्धु त्रिवेणीघाटको सम्भावना

तपाईको प्रतिक्रिया दिनुहोस