काठमाडौँ । आज विश्व निमोनिया दिवस मनाइँदैछ । निमोनियाबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सन् २००९ देखि नोभेम्बर १२ तारिकका दिन यो दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको विश्व निमोनिया दिवसको नारा ‘हरेक सासको सुरक्षा: सबैका लागि बलियो फोक्सो’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।
‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ ।
निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो । तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ । स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथाम गर्न अझ धेरै काम आवश्यक रहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।
२०२१ को आँकडा अनुसार विश्वभर निमोनियाबाट एक बर्षमा २२ लाखको ज्यान जाने गरेको छ, जसमा ५ लाख बालबालिका रहेका छन् भने एक लाख ५२ हजार नयाँ जन्मिएका बच्चा रहेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- २ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ३ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ४ एमाले अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
- ५ प्रत्यक्ष तर्फका १६५ स्थानकै नतिजा आयो,कसले कति सीट जिते ?
- ६ नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
- ७ शेयर बजार झन्डै २४ अङ्कले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

तपाईको प्रतिक्रिया दिनुहोस