आज विश्व जनसंख्या दिवस : जनसंख्या व्यवस्थापन र दिगो विकासमा जोड
काठमाडौं । आज (शनिबार) विश्व जनसंख्या दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ नेपालसहित विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यो दिवसले जनसंख्या, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता तथा दिगो विकाससँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्छ।
सन् १९८७ को जुलाई ११ मा विश्वको जनसंख्या करिब पाँच अर्ब पुगेको अवसरमा आयोजित पपुलेशन समिटको निर्णयअनुसार यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदनअनुसार मानव सभ्यताको प्रारम्भदेखि विश्वको जनसंख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो। तर त्यसपछि जनसंख्या वृद्धि तीव्र बन्दै गएको छ र हाल विश्वको जनसंख्या आठ अर्ब नाघिसकेको छ।
नेपालमा पनि विश्व जनसंख्या दिवसको अवसरमा सरकारी निकाय, स्वास्थ्य संस्था तथा विभिन्न संघ–संस्थाले जनसंख्या व्यवस्थापन, प्रजनन स्वास्थ्य, परिवार नियोजन र दिगो विकासका विषयमा केन्द्रित विविध कार्यक्रम आयोजना गर्दै आएका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ६ अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
- ७ सिन्धु त्रिवेणीघाटको सम्भावना

तपाईको प्रतिक्रिया दिनुहोस