आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं।सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ ।
सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।
प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षण लगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ सर्वपक्षीय बैठक बस्दै
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस