Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियआज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम


    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन् ।

    बाढी, पहिरो तथा भू–क्षयजस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम गर्ने उद्देश्यले नेपालमा हरेक वर्ष साउन २४ गते भू–संरक्षण दिवस मनाउने गरिन्छ । जमिनको उर्वराशक्ति कायम राख्नुका साथै प्राकृतिक स्रोत तथा पूर्वाधार संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

    भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको दिनको सम्झनामा विसं २०३१ सालदेखि साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’का रूपमा मनाउन थालिएको हो । विभागको स्थापनासँगै जिल्लास्तरमा भू–संरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो ।

    विगतका वर्षहरूमा दिवसका अवसरमा फूलजन्य बिरुवा, धुपी, काइयो लगायत विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने तथा भू–संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

    नेपाल भौगोलिक तथा भौगर्भिक अवस्थाका कारण बाढी, पहिरो र भू–क्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ । कमजोर भौगर्भिक बनावट, संवेदनशील भू–धरातल तथा जलवायु परिवर्तनका प्रभावका कारण मुलुकले वर्षेनी ठूलो धनजनको क्षति तथा वातावरणीय समस्या व्यहोर्दै आएको छ ।

    भू–संरक्षणका प्रभावकारी उपाय अवलम्बन गर्दै वन तथा जलाधार क्षेत्रको संरक्षण, वृक्षरोपण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सके प्राकृतिक विपद्को जोखिम न्यूनीकरणसँगै वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विज्ञहरूले बताउँदै आएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT