Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिआज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै


    काठमाडौँ । आज नेपालभर लोकतन्त्र दिवस (वैशाख ११) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यो दिन नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक परिवर्तनको ऐतिहासिक प्रतीकका रूपमा स्मरण गरिन्छ।

    विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले जनआन्दोलनको दबाबपछि विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेका थिए। त्यसअघि विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि देशमा राजनीतिक अस्थिरता चुलिएको थियो। निर्वाचन हुन नसकेपछि राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई पटक–पटक प्रधानमन्त्री नियुक्त र बर्खास्त गर्ने क्रम चलाएका थिए।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच १२ बुँदे समझदारी भयो। यसले विभाजित राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै जनआन्दोलनलाई निर्णायक मोडमा पुर्‍यायो।

    विसं २०६२ फागुनदेखि सुरु भएको आन्दोलन चैतमा तीव्र बन्दै नयाँ वर्षसँगै लाखौँ जनता सडकमा उत्रिए। काठमाडौँको चक्रपथ मानवसागरले भरिएपछि अन्ततः राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए र वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरे। यही ऐतिहासिक उपलब्धिलाई सम्झिँदै २०६४ सालदेखि वैशाख ११ लाई लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो।

    पुनःस्थापित संसद्ले विसं २०६३ जेठ ४ गते राजदरबारको अधिकार कटौती गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। त्यसपछि विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो।

    संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। यद्यपि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि महत्वपूर्ण आधार तयार गर्‍यो। त्यसपछि विसं २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भई अन्ततः विसं २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भयो।

    हाल संविधानअनुसार संघीय, प्रादेशिक र स्थानीय तहका सरकार सञ्चालनमा छन्। यस सम्पूर्ण राजनीतिक परिवर्तनको प्रवेशद्वारका रूपमा वैशाख ११ लाई लोकतन्त्रको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा विशेष महत्वका साथ मनाइँदै आएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो…

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा

    टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १३ जनाले पाए…

    टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

    प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

    काठमाडौं ।  खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

    Techie IT