Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारआज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै

    आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै


    काठमाडौँ ।  पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा आज शतबीज छरी बालाचतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो ।

    मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् ।शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ । हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ ।

    शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

    बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौंमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    Techie IT