Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिआज पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस

    आज पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस


    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गर्नुभएको थियो । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ ।

    पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको थियो । कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो ।

    पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ बैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका हुन् ।

    नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे । शहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय थिए । पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका– ४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।

    पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    Techie IT