काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेत बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी र मधेस प्रदेशको केही स्थान तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ४ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ५ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस