आज पनि देशभर मौसम बदली, यी चार प्रदेशमा वर्षाको सम्भावना बढी
आज (बिहीबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान पनि कोसी, मधेस र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली तथा सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली छ।
साथै कोसी , मधेस र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली र वर्षा भइरहेको हो।
यस क्रममा आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
यस क्रममा कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाका अनुसार दिउँसो मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत आउने सम्भावना देखिएको छ।
यसैगरी राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
मौसम महाशाखाले सजगताका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : कोस प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। मधेस प्रदेश र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो बुधबार पनि देशका अधिकांश स्थानमा वर्षा भएको छ। कहाँ, कति वर्षा भयो भन्ने एकिन तथ्यांक भने अहिले बिहान ८:४५ बजे सार्वजनिक गरिने उनले बताए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ४ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ५ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ६ आज जनैपूर्णिमा पर्व मनाउँदै
- ७ भदौ १३ पछिका सबै परीक्षा स्थगित गर्न निर्देशन

तपाईको प्रतिक्रिया दिनुहोस