आज देशका केही स्थानमा वर्षाको सम्भावना, कर्णालीसहित तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको छ भने पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेको छ।
विभागका अनुसार आज कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।
हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ।
रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुने सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस