काठमाण्डौं / भदौ , १२ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ।
आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) तथा रक्षासूत्र (डोरो) धारण गर्ने प्रचलन छ। यसै दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलनसमेत रहेको छ।
तागाधारी समुदायले आफ्ना पुर्खा, ऋषि तथा महर्षिलाई सम्झँदै जल तथा तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ।
जनैपूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको विशेष परिकार क्वाँटी खाने प्रचलनसमेत रहेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो

तपाईको प्रतिक्रिया दिनुहोस