Techie IT
  • The Film Nepal
  • २०८२ पुष ३० बुधबार

    गृहपृष्ठसमाचारआज जनैपूर्णिमा तथा रक्षाबन्धन

    आज जनैपूर्णिमा तथा रक्षाबन्धन


    ललितपुर/ ३ भदौ, आज साेमबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र  रक्षाबन्धन धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
    ‘यनबद्धो बलि राजा दानबद्धो महाबलः
    त्वेनत्वांम प्रतिबध्नामि रक्षामा चलमा चलः ।’
    यी मन्त्रहरु जप्दै जनै फेर्ने र लगाउने र बाँध्ने काम गरिन्छ । उक्त मन्त्रको अर्थ हो जुन रक्षा सूत्रले बाँधेर शुक्राचार्यले महाबलि राजाको रक्षा गरेका थिए, उही सूत्र ‘धागोले’ म तिमीलाई बाँधेर तिम्रो रक्षाको कामना गर्छु ।
    बैदिक गुरु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर अन्य मठमन्दिर तथा नदीको किनारमा भक्तजनको भिड लाग्ने गर्छ । पाटनको कुम्भेश्वरमा यस दिन विशेष मेला लाग्ने गर्छ ।

    सांस्कृतिक महत्व
    विशेषगरी यस दिन तराईका जिल्लाहरूमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्यायु र सुस्वास्थ्यको कामना गर्दै नाडीमा डोरो अर्थात राखी बाँध्ने चलन छ । समाजमा दाजुभाइ, दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीक रक्षाबन्धन पर्व धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइन्छ । नाडीमा रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र ततनिष्ठा स्मरण गराउने मान्यता पाइन्छ । रक्षाबन्धनको डोरीले सुरक्षा गर्ने मान्यता छ ।
    नेवार समुदायले भने यस दिनलाई गुन्हुं पुन्हीका रूपमा आफनै परम्पराअनुसार मनाउने गर्छन् । यो नौ दिनसम्म मनाउने गर्छन् । मास, भटमास, दुईथरी केराउ, चना, सिमी, गुराँस, बोडी, मुगीसहित नौ थरीको गेडागुडी मिसाएर विशेष प्रकारका क्वाँटी खाने चलन छ ।

    नेपालका सन्दर्भमा खेतीको काम सकिने भएकाले वर्षायाममा हिलोमा खेल्दा शरीरमा चिसो पस्ने भएकाले त्यसबाट शरीरलाई मुक्ति दिलाउन पनि क्वाँटी खाने गरिन्छ । जनैपूर्णिमाको अवसरमा रसुवाको पवित्र गोसाइँकुन्ड, सिन्धुपाल्चोकको पाँच पोखरी, ललितपुरको कुम्भेश्वरलगायत मुलुकभरका पवित्र कुन्ड तलाउ तथा शिवालय र देवालयमा भक्तजनको भीड लाग्छ । काठमाडौं उपत्यकाका किसानले आ–आफनो खेतबारीमा गएर वर्षा सकिएको संकेत स्वरूप भ्यागुतालाई भात खुवाउने चलन पनि छ । विभिन्न प्रकारका स्वरबाट वर्षा र खेतीको कामबारे कृषकलाई जाकारी दिने भ्यागुताले गठेमंगलका दिन नरभक्षी घनसुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले यस दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ ।
    धार्मिक महत्व
    पौराणिक मान्यताअनुसार रक्षाबन्धनको सम्बन्ध दानवी शक्तिबाट लखेटिएका देवताहरूलाई ईन्द्रका गुरु बृहस्पतीद्वारा रक्षाबन्धन तयार गरी जोगाएको र वानम अवतार विष्णुद्वारा दैत्यराज बलिलाई वचनबद्ध गराई तीनै लोक प्राप्त गरेको स्मृतिसँग जनै पूर्णिमाको महत्व छ । जनै पूर्णिमामा बाँधिएको डोरी गाई तिहारको दिन गाईको पुच्छरमा बाँधिए मृत्युपछि वैतरणी नदी पार हुने मान्यता छ । आजकै दिन भगवान गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्ध ‘ललितविस्तार’ मा उल्लेख गरिएको पाइन्छ । यस दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्छ ।

    ऐतिहासिक महत्व
    रक्षाबन्धनको सुरुआत कहाँ र कहिलेबाट भयो यकिन प्रमाण भेटिँदैन । अड्कल लगाउँदा यसको जन्म पुरुषको रक्षा भावाले भएको हो भन्न सकिन्छ । ऋग्वेद (दशम मण्डल) का अनुसार शची (ईन्द्राणी) ले देवगुरु बहृहस्पतिको सल्लाहअनुसार ईन्द्रको हातमा बाँधेर लडाइँमा गएकाले विजय प्राप्त गरेको भनाइ पाइन्छ । भविष्य पुराणका अनुसार ईन्द्र असुरसँग पराजित भएर स्वर्ग छोडेर भाग्नुपर्ने स्थिति आयो त्यसबखत उनी आत्तिएर त्रिदेवका शरण पुगे । त्रिदेवले मद्दत गर्न नसक्ने बताएपछि पार्वतीका शरणमा पुगे । पार्वतीले दैवीशक्ति संयुक्त रक्षासूत्र ईन्द्रको हातमा बाँधिदिएपछि दैत्यहरूलाई पराजित गरे ।
    वामन पुराणमा राजा बलिलाई विष्णुले पैतालाले पातालमा पु¥याएको कथा पाइन्छ । भागवत्मा यशोदाले दुष्ट आत्माबाट कृष्णलाई बचाउन रक्षासूत्र बाँधेको उल्लेख छ । कृष्णको औँलामा चोट लागेर रगत नरोकिएपछि द्रौपदीले आफनो साडीको किनार च्यातेर बाँधेपछि रगत रोकिएपछि खुसी भएर के बर माग्छ्यौ मागभन्दा समय आएपछि माग्नेछु भनेकी थिइन् । त्यो चीरहणका बेला कृष्णले साडी दिएर लाज बचाएको इतिहास पाइन्छ ।
    वास्तवमा यस संसारमा दुईथरि बन्धन हुन्छन्, मानिसलाई एक ईश्वरीय अर्को सांसारिक बन्धनले दुःख दिन्छन् । यो सांसारिक बन्धनबाट मुक्त हुन मानिस महात्माकहाँ गएर प्रश्न गर्छन् । हामीले ईश्वरको स्वरूपमा मनलाई कसरी जोड्ने रक्षाबन्धन केबल सांसारिक बन्धनबाट नारी जातिको रक्षाका लागि मात्र होइन, नर तथा नारी दुवैले रक्षाबन्धन बाँधेर पवित्रताको व्रत धारण अन्य मानव आत्मालाई पनि कल्याणकारी बन्धनमा बाँध्नु यसको सार्थकता हो ।
    रक्षाबनधन केबल शारीरिक रक्षाका लागि मात्र होइन, सबै मनुष्यलाई मन, वचन र कर्ममा पवित्र रहने भन्ने भनाइ पाइन्छ । जब जीवनमा पवित्रताको धारण हुन्छ तब जीवन, परिवारमा, समाजमा विश्वमा सच्चा सुख तथा शान्ति मिल्छ । वास्तवमा रक्षा बन्धनलाई सबै मानवको रक्षाको रुपमा लिइन्छ । आज संसारमा मानिसलाई पाँच प्रकाका रक्षाको आवश्यकता देखिन्छ । पहिलो सुरक्षा तनको रक्षा अन्तिम दिन आइसकेपछि कसैले पनि कसैले पनि मृत्युलाई रोक्न सक्दैन ।
    दोस्रो रक्षा धर्म हो । दुःख परेको बेला मलाई सहायता गर्नुहोस् भनेर वर माग्नु हो । तेस्रो कालको भयबाट मुक्त हुनु हो । मानिस स्वयं नै कालको अधिनमा छ । कसैलाई पनि कालले छाड्दैन । अमर कोही छैन् । सिकन्दर कालको पन्जाबाट बच्न सकेन । कालका पनि महाकाल महाकालेश्वर शिवको मृत्युन्जयको पाठ गर्छन् । चौथो प्रकारको रक्षा सांसारिक अपवाद, पारिवारिक संकटबाट रक्षा । पाँचौँ रक्षा मायाको विघ्नबाट रक्षा । वास्तवमा सूत्र बाँध्नु संकल्प गर्नु नेपाली संस्कृतिमा दृढ प्रतिज्ञा गर्नुको प्रतीक हो ।
    यो पर्व हिन्दूहरूको मात्र नभई सबै मानवको कल्याणका लागि हो । रक्षाबन्धनको अर्थ आफनो रक्षाका लागि बाँध्नु । आपत्ति अथवा आयु, आरोग्य वृद्धिका लागि रक्षाबन्धन बाँधिन्छ । भगवान् कृष्णमा गीतामा भनेका छन् । ‘मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव’ अर्थात ‘सूत्र’ अविच्छिन्नताको प्रतीक हो । ‘सूत्र’ धागो भिन्नभिन्न पूmल, मोतीलाई एउटै मालामा समाहित गर्छ । आफ्न्तलाई जोड्छ । जब संसारमा नैतिक मूल्यको ह्रास हुन्छ तब ज्योतिलिंग भगवान् शिव, प्रजापति ब्रह्माद्वारा धर्तीमा पवित्र धागो पठाउनुहुन्छ । साउनमा पर्ने पूर्णिमा भएकाले यसको विशेष महत्व छ । साउन महिना भगवान् शिवको प्रिय महिनाको रुपमा मनाइन्छ ।
    यस पर्वलाई यथार्थ रूपले जान्नाले मानिसको सम्बन्ध सम्पर्कमा जुन बाधाव्यवधान, समस्या छन् ती सबै समाप्त हुन सक्छन् । मानिस जातिलाई प्रेम र बन्धुत्वको भावनामा बाँधेर राख्छ । धर्म, सम्प्रदाय, जाति, वर्णको संकुचित मान्यताभन्दा माथि उठेर स्नेह, प्रेम, सहयोगको भावना विकसित गराउने भएकाले यस पर्वको ठूलो महत्व छ ।

    रक्षाबन्धन के हो ?
    येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी धागोरडोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धमावलम्वीबीच आज पनि त्यत्तिकै प्रचलित छ । समयको परिवर्तनसंगै तागाधारी (जनैधारी) हरुको संख्या घट्दै गएपनि जनैपूर्णिमाको दिन भने मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणले यजमानको नाडीमा बाँधिए रक्षा हुन्छ भन्ने प्रचलनलाई सबैले स्विकार गरेकै छन् ।
    यसैगरी जनैपूणीमाकै दिन देह शुद्ध गरी देवता, सप्तषि तथा पितृको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ‘ऋषितर्पणी’का नामले पनि चिनिन्छ । यस दिन सप्तषिद्र्वारा कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । आजको दिन एघारथरीका गेडागुडी मिर्साई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषार्का कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ ।

    यस पर्वको पौराणिक कथा
    पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराजबीच १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिएका थिए । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा ईन्द्रलाई रक्षाको बन्धन बाँध्दै निम्न मन्त्र जप्नुहुन्छ ।

    येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
    तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

    तत्पश्चात ईन्द्राणीले ईन्द्रको दाहिने हातमा रक्षासूत्र बाँधे र जुन रक्षासूत्र बांध्नाले देवराज ईन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । त्यही रक्षासूत्रको सम्झना गर्दै रक्षाबन्धन बाँध्ने प्रचलन रही आएको छ । हिन्दु परम्पराअनुसार नेपालको पश्चिमी जिल्ला म्याग्दीका पूर्जा, तिलिजा, रञ्जिता तथा गर्वुजा थरका मगरहरु पनि जनै पूर्णिमाका दिन जनै धारण गर्दछन् । यहाँका मगरहरु जन्मदेखि मृत्यु पर्यन्तका कर्म हिन्दु परम्परा अनुसार गर्ने र ब्रतबन्ध पनि सामूहिक तथा एकल गर्ने चलन रहेको छ । प्रथम विश्वयुद्धमा ब्राह्मण, क्षेत्री र मगरहरुको मुसलमानले जनै फालिदिएपछि मगरजातिमा जनै धारण गर्ने क्रम रोकिएको मगरहरुको भनाइ छ ।
    अर्को एक कथाअनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बाँध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । त्यसै अनुरुप यस दिन यमदुत र यमुनाको कथा अनुसार दिदी बहिनीले दाजुभाइलाई राखी बांध्ने प्रचलन पनि चल्दै आएको छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।

    नयाँ जनै लगाउने मन्त्र
    यज्ञोपवितं परमं पबित्रम, प्रज्ञापतेर्यत्सहजम पुरास्तात
    आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज

    हातमा डोरो, रक्षाबन्धन बाँध्ने मन्त्र
    येन बद्धो बलि राजा दानबिन्द्रो महावल
    तेन त्वं प्रति बध नामी रक्षे मा चल मा चल

    जनैपूर्णिमाका दिन क्वाँटी खाने चलन समाजमा रहेको छ । यस दिन खाइने क्वाँटी बनाउन विभिन्न किसिमका गेडागुडी मिसाई एकादशीकै दिन भिजाउने चलन रहेको छ । टुसा उम्रिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने आयुर्वेदिक मान्यता रहेको छ ।

    नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने चलन रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बिचमा प्रेमसम्बन्ध प्रगाढ हुने विश्वास समाजमा रहेको छ । राखी बाँधेपछि दाजुभाइले दिदीबहिनीलाई दक्षिणा र विभिन्न उपहार दिने गर्दछन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसको विशेष महाधिवेशनमा उमेदवारी दर्ता आज

    काठमाडौं।कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको

    आज आंशिक बदलीदेखि हुस्सु र कुहिरोसम्म लाग्ने सम्भावना

    काठमाडौं।तराईका क्षेत्रमा आज बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागले घाम लागेपछि दिउँसो हुस्सु र

    काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज

    राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा…

    ललितपुर — राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन ललितपुरमा सम्पन्न भएको छ। अधिवेशनले प्रविणकुमार

    सुशीला र ओमप्रकाशहरूले चुनाव गराउन केपी ओली र रमेश लेखकको…

    जनकपुर, २९ पुष । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी

    आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

    वीरगंज, २९ पुस । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन

    Techie IT