आज कानुन दिवस मनाइँदै, न्यायमा सबैको पहुँच र न्यायिक सुशासनमा जोड
काठमाडौं । आज देशभर विविध कार्यक्रम आयोजना गरी कानुन दिवस मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।
प्रधान न्यायालय ऐन, २००८ जारी भए पनि उक्त ऐन विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको थियो । सोही दिन राजा त्रिभुवनबाट लालमोहर लागेकाले यस दिनलाई कानुन दिवसका रूपमा मनाउने परम्परा सुरु भएको हो ।
यस वर्ष पनि न्यायपालिकाप्रतिको जनविश्वास अझ सुदृढ बनाउने, न्यायमा सबैको पहुँच सुनिश्चित गर्ने तथा न्यायिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
विसं २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपालमा आधुनिक न्याय प्रणालीको सुरुआत भएको मानिन्छ । प्रधान न्यायालय स्थापना भएसँगै न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्याय प्रणालीको विकासको आधार तयार भएको विश्वास गरिन्छ ।
कानुन दिवसलाई प्रजातन्त्र, मानव अधिकार र विधिको शासन सुदृढ गर्ने महत्वपूर्ण दिनका रूपमा समेत लिने गरिन्छ । यस दिवसले अन्यायमा परेका नागरिकको न्यायिक पहुँच विस्तार गर्नुका साथै न्यायालयप्रतिको सम्मान र विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस