आज काठमाडौंका सात स्थानबाट ग्यास सिलिन्डर बिक्री हुँदै
काठमाडौं । खाना पकाउने ग्यास अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न लागिएको हो । निगमका अनुसार टेकुस्थित निगम परिसर, बूढानीलकण्ठ–चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजारको जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास बिक्री गरिनेछ ।
टेकुबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछन् । चपलीबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन् ।
त्यसैगरी, नयाँ बजारबाट नेपाल, एचपी र ओम तथा तारकेश्वरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । चन्द्रागिरीबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री हुने निगमले जनाएको छ ।
ग्यास आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री–वितरण गरिरहेको निगमको भनाइ छ । तर, विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्नेछन् ।
निगमले उक्त बिक्री केन्द्रबाट अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस