आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा रथयात्रा र विभिन्न जात्रा
काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार मनाउने गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुने परम्परा छ । यसलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गर्ने प्रचलनसमेत रहेको छ ।
इन्द्रजात्राका अवसरमा विभिन्न देवीदेवताका पूजा–आराधना, नाचगान तथा रथयात्रालगायत धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छन् । यो पर्व आठ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।
पौराणिक मान्यताअनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ । यस पर्वले काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई समेत प्रतिबिम्बित गर्दै आएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस