Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारआजाप कैलालीका उम्मेदवार रुप चौधरीको घोषणा : ‘मैले चुनाव जिते नो कर, सबै सेवा निशुल्क गराउँछु’

    आजाप कैलालीका उम्मेदवार रुप चौधरीको घोषणा : ‘मैले चुनाव जिते नो कर, सबै सेवा निशुल्क गराउँछु’


    कैलाली, २८ माघ आम जनता पार्टी (आजपा)का नेतृ एवं कैलाली–१ का जेनजी उम्मेदवार रुपाकुमारी चौधरीले समग्र सुदुरपश्चिमको विकासका लागि मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारलाई २१ फागुनको निर्वाचनमा बिजयी बनाउन आग्रह गरेकी छन् ।

    कैलालीको बडहरिया, हसनपुर, भगतपुर सहितका गाउँमा आज चौधरीले चुनावी भेटघाट एवं छलफलमा सहभागि हुँदै कैलाली जिल्ला सहित समग्र सदुरपश्चिमको विकासका लागि आफूले उम्मेदवारी दिएको उनले बताइन् ।

    ‘कैलाली सहित समग्र सुदुरपश्चिमको विकासका लागि मैले आम जनता पार्टीको मोवाइल चुनाव चिन्हबाट उम्मेदवारी दिएको छु । विकसित र समृद्ध सुदुरपश्चिम बनाउने मेरो एजेण्डा छ,’ कैलाली १ का उम्मेदवार चौधरीले भनिन, ‘अरु नेताहरु कहाँबाट आए कहाँ गए । यहाँको जनताको भोट लिन्छन तर काम गर्दैनन । तर हामीले हाम्रो कैलाली, हाम्रो सदुरपश्चिमको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । आम जनता पार्टीले सुदुरपश्चिमको विकास गर्छ त्यसका लागि हामी सबैले मोवाइल चिन्हमा मतदान गर्नुपर्छ ।’

    आजपा उम्मेदवार चौधरीले आफू बिजयी भए र आजपाको सरकार बनेपछि सुदुरपश्चिममै बिजुलीबती, खानेपानी, सिँचाई, शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधा निशुल्क बनाउने एजेण्डा आफ्नो रहेको बताइन । छोराछोरी, बृद्ध बाआमालाई विशेष सुविधा र युवाहरुलाई सुदुरपश्चिममै रोजगारको व्यवस्था गर्ने पहिलो जिम्मेवारी रहेको उनले बताइन् ।

    ‘हाम्रो पार्टीका अध्यक्ष प्रभु साहको पत्नी रिना साह रौतहटको मौलापुरमा मेयर हुनुहुन्छ । मौलापुरमा कुनै किसिमको सेवाको कर लाग्दैन, सबै फ्रि छ । खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुलीबती, खानेपानी, सिँचाई सबै फ्रि छ । छोरीलाई गुणस्तरीय शिक्षा, विवाहमा ३० हजार नगद सहयोग हुन्छ । मौलापुरमा नगरप्रहरी होइन, त्यहाँ नगर शिक्षक र नगर डाक्टर छ । हामीले यो सबै सेवा सुविधा कैलाली सहित सुदुरपश्चिममा लागु गराउनका लागि मोवाइल छापमा मतदान गर्नुपर्छ,’ चौधरीले भनिन ।

    यसैगरी थारुको भेषभुषा, रितिरिवाज, पहिचानको जर्गेना गर्न र त्यसलाई अझै देशविदेशमा चिनाउनका लागि पहिलादेखी नै काम गर्दै आएको र आउने दिनमा समेत काम गर्ने प्रतिबद्धता चौधरीले व्यक्त गरिन् । जोशीपुर पालिकालाई प्रारङगरिक मल उत्पादनको पालिका बनाउदै सबै किसानलाई प्रारङगरिक मल उपलब्ध गराउने एजेण्डा पुरा गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले जनाएकी छन् ।

    कैलाली जिल्लाको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएको बताउदै उनले यसक्षेत्रको विकासका लागि निरन्तर अग्रपंक्तिमा रहेका काम गर्ने जनाएकी छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT